
विराटनगर, १२ माघ– कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् ।
कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको उनले बताए । राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै कोइरालाले पार्टीले आफ्नो उम्मेदवार दिने बताए ।
‘राष्ट्रपति चुनावमा कांग्रेसले उम्मेदवारी दिन्छ। अन्य दलसँग पनि यसबारे छफलफल भइरहेको छ,’ विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग उनले भने ।
कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ । कांग्रेस प्रमुख प्रतिपक्षी दलका रूपमा संसदमा छ ।