
काठमाण्डु, ११ माघ– आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले आफूलाई ठगी गरेको भनी आरोपित गरेका व्यक्ति तथा व्यापारिक प्रतिष्ठानमाथि छानबिन हुने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले छानबिनको निर्णय गर्दै त्यससम्बन्धी जिम्मेवारी गृह मन्त्रालयलाई दिएको हो । नयाँबानेश्वस्थित संघीय संसद भवनबाहिर मंगलबार आफैंमाथि आगो लगाएका आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।
आत्मदाहअघि सामाजिक सञ्जालमार्फत आत्महत्याको कारण बताएका थिए । उनले आफूले मृत्युको बाटो रोज्नुपर्ने अवस्था आउनुमा विभिन्न बैंक, कम्पनी, डिमार्टमेन्टल स्टोर, इन्स्योरेन्स कम्पनी, राजश्व कार्यालय र केही व्यक्तिको नाम लिएका थिए ।