कर्णाली प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता

काठमाण्डु टुडे २०७९ माघ ११ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, ११ माघ- कर्णाली सरकारले पूर्णता पाएको छ । बुधबार सत्ता साझेदार दलहरूबीच भएको छलफलबाट मन्त्रालयको टुंगो लगाइएको हो।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन।

बुधबार विस्तार भयको ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका छन्। जस्मा माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् ।२७ पुसमा राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थीय।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us