निरन्तर हिमपातका कारण जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध

काठमाण्डु टुडे २०७९ माघ ११ गते १५:५६ मा प्रकाशित

काठमाण्डु ,११ माघ- लगातार परेको हिमपातका कारण जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।

यस्तै हिमपातले हवाई मार्ग र स्थलमार्ग पनि अवरुद्ध भएको छ । हिमपातले राष्ट्रिय प्रसारण लाइनको नेशनल ग्रिड अवरुद्ध भएसँगै लोडसेडिङ भयको छ। विजुली अवरुद्ध हुनु र दुईदेखि घामसमेत नलाग्दा त्याहाको जनजीवन प्रभावित बनेको छ ।

निरन्तर हिमपातले जुम्लाको विभिन्न ठाउँमा विजुलीका तार छुडिएका र पोल ढलेका नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावले बतायका छन।।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us