
काठमाण्डु ,११ माघ- कर्णाली प्रदेश की सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छिन् ।
नेकपा एमालेको प्रदेश कमिटी सदस्य रहेकी गुरुङले बुधबार एक विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित बनाउन पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् ।गुरुङ गत माघ १ गते सत्ता गठबन्धनका तर्फबाट भएकी थिइन् ।
सभामुख पदका हिसाबले साझा भूमिकाका रहनुपर्ने भएकोले संवैधानिक प्रावधानप्रति प्रतिवद्ध हुँदै म आवद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आवद्धताबाट अलग भएको घोषणा गर्दछु ।’ गुरुङंले विज्ञप्तिमा उल्लेख गरेकी छन। गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्य हुन् ।