एमाले बाँडीचुँडी खाने पार्टी होइन :केपी ओली

काठमाण्डु टुडे २०७९ माघ ११ गते १३:५५ मा प्रकाशित

काठमाण्डु ,११ माघ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखी पुर्ण व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न आफना नेताा तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज काठमाण्डुमा भयको एक कार्यक्रमा बोल्दै ओलीले अरु दलहरु र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको अरोप लगाउँदै,उनले भने ‘उनीहरुको देखासिखी गरेर चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्नुहोस् ।’

समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीतिक गर्न सम्पुर्ण आफना कार्यकर्ताहरुलाई आग्ह गरे ।कार्यक्रमा बोल्दै ओलीले एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि उनले बताए ।

केही दल र नेताहरु सामाजिक असन्तुष्टिलाई उपयोग गरेर र मौसमी खालका कुरा गरेर ह्वात्त माथि आएको भन्दै उनले ती दल र नेताहरुको राजनीति अस्थायी रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us