बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ आज २ बजे

काठमाण्डु टुडे २०७९ माघ ११ गते १३:३६ मा प्रकाशित

काठमाण्डु ,११ माघ- बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ आज २ बजे हुने भएको छ ।

प्रदेशका नवनियुक्त मन्त्रीहरुमा सत्ता साझेदार दलहरुबीच नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ । यस्तै राप्रपाले तीन मन्त्रालय पाउने छ ।

माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालयमा गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालयमा युवराज दुलाल ‘शरद’ र सामजिक विकास मन्त्रालयको नेतृत्वमा कुमारी मोक्तानलाई पठाएको छ ।

यता एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्वमा जगन्नाथ थपलियालाई, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्रालय र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पायका छन।

यता राप्रपाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयमा उद्धव थापा, डम्बरबहादुर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, राजु विष्टले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ आज २ बजे हुदै छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us