
काठमाण्डु ,११ माघ- गत माघ १ गते पोखरामा भयको हवाई दुर्घटनामा ज्यान गुमायका मध्ये ६ जनाको शव डिएनए’ परीक्षणबाट पहिचान गरीने भयको छ।
काठमाण्डु ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)शिक्षण अस्पतालले जनाएको छ । काठमाण्डु ल्याएको मध्य ४२ जनाको फरेन्सिक र फिङगर फ्रिन्टबाट शव पहिचान गरिएको अस्पतालका फरेन्सिकविद् डा.तुलसी कँडेलले बताए ।
६ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए ।६ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,” उनले भने । शवको नेपाल प्रहरीको प्रयोगशालामा ‘डिएनए’ परीक्षण गरिने छ ।
उनले ‘डीएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना सङ्कलन गर्ने कार्य भइरहेको जानकारी दिए । यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने उनले बताय।
गत माघ १ गते काठमाण्डुबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनाका २२ शवको पोखरामा जाँच गरिएको थियो ।
भने ४८ शव फरेन्सिक जाँचका लागि काठमाण्डु ल्याइएको थियो ।