क्रोएसिया पठाउँछु भनेर ठगी गर्ने एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ माघ ११ गते ११:२४ मा प्रकाशित

काठमाण्डु ,११ माघ- क्रोएसिया पठाउँछु भनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भयका र हाल काठमाण्डुको सिनामंगल बस्ने २९ वर्षीय साहिल बस्नेत रहेका छन् । बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको प्रहरीलले जनायको छ।

बस्नेतले क्रोएसियामा प्रतिष्ठित फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । उनलाई कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको प्रहरीले बतयको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us