
काठमाण्डु, १० माघ- काठमाण्डुको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक युवकले आत्मदाहका प्रयास गरेका छन् ।
मंगलबार दिउँसो बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम घर भएका प्रेम प्रसाद आचार्य ले आत्मदाहको प्रयास गरेका हुन् । आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी क्रस हुने बेलामा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ ।३६ वर्षीय प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनले आत्मदाह प्रयास गर्नुको कारण खुल्न सकेको छैन। घटनाका बारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।