
काठमाण्डु ,१० मााघ- मगंबार बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटको समयमा भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा र भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।
भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।