क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ १० गते १४:२७ मा प्रकाशित

एजेन्सी- अमेरिकाको क्यालिफोर्निया राज्यमा भयको गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ ।

दुई दिन अघि मात्र क्यालिफोर्नियाको मन्टरे पार्कमा गोली लागेर ११ जनाको मृत्यु भएको थियो। सोमबार हाफ मुन वे शहरमा भएको गोलीकाण्डमा सात जना मारिएको बीबीसीले जनाएको छ । गोली प्रहारबाट खेतमा काम गर्ने चिनियाँ मजदुरहरु मारिएका छन् । हत्यामा संलग्न भएको भन्दै प्रहरीले ६७ वर्षीय झाओ चुन्ली भन्ने पुरुषलाई पक्राउ गरेको छ ।

उनी गाडीमा प्रहरी स्टेसनतर्फ गइरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको छ । चुन्ली लाई प्रहरीले भुइँमा लडाएर नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको छ ।बीबीसीका अनुसार उनले हत्या गरेका चार व्यक्तिको शव च्याउ फार्ममा फेला परेका थिए ।

भने अरु तीनवटा शव त्यसको नजिकै फेला परेका थिए । आठ जना घाइतेको अवस्था गम्भीर छ । क्यालिफोर्नियाका गभर्नर गेविन न्युजोमले पहिलो गोलीकाण्डमा घाइते भएकाहरुलाई भेटिरहेकाबेला उस्तै प्रकृतिको अर्को घटना हुनुलाई उनले दुःखद र कायरतापूर्ण भनेर टिप्पणी गरेका छन् ।

उनले यो गोली काण्डका यी घटनालाई ‘त्रासदीमाथि त्रासदी’ भनेर टिप्पणी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us