
काठमाण्डु १० माघ मोरङमा अर्कैको नाममा ट्रायल दिने दुई जाना पक्राउ परेका छन्।
सुन्दरहरैचा नगरपालिका(५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सुनसरी भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव छन्।
यादवले षडानन्द महतोको नाममा मोटरसाइकलको ट्रायल दिने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले प्र।१(०२(०४५ प ९४३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।