कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

काठमाण्डु टुडे २०७९ माघ १० गते १३:३९ मा प्रकाशित

काठमाण्डु ,१० माघ -कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ परेका छन् ।

पक्रउ पर्नेमा बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार राना रहेका छन। राना लाई बेलौरी–धनगढी हुलाकी सडकखण्डमा जाँच गर्ने क्रममा सु.प.प्र. ०१०१० प ३३५० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

रानाको साथबाट ४ दशमलव ५८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । रानालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us