आईओएमका विद्यार्थी र प्रहरीबीच झडप

काठमाण्डु टुडे २०७९ माघ १० गते १२:५६ मा प्रकाशित

काठमाण्डु ,१० माघ -कााठमाण्डुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थी र प्रहरीबीच मंगलबार झडप भएको छ।

विद्यार्थीहरू आइओएम सुधारको माग राख्दै आन्दोलित छन उनीहरुले आईओएमको डीन कार्यालयमा ताला तालाबन्दीसमेत गरेका थिए। तर प्रहरीले ताला फुटाइदिएपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो।

झडपमा प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज समेत गरेको छ। आइओएमभित्र प्रहरी प्रवेश गरी विद्यार्थीमाथि लाठीचार्ज गरेकोमा विद्यार्थीहरूले विरोध गरेका छन्। प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us