कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्, घटना लुकाउन प्रयास

काठमाण्डु टुडे २०७९ माघ १० गते १२:१४ मा प्रकाशित

काठमाण्डु ,१० माघ- कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् ।

बेलौरी नगरपालिका–८ को कलकत्ताकी एक १४ वर्षीया बालिकाले शिशु जन्माएकी हुन। ३ माघमा बालिकाले शिशु जन्माएको घटना हाल सार्वजनिक भएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको बताए ।

उनका अनुसार बालिकाको गर्भमा शिशु महिनाको हुँदा नै परिवारले थाहा पाइसकेको तर शिशु जन्मिएपछि पनि परीवारले घटना लुकाउन बालीकालाई दैनिक स्कुल पठाउने गरिरहेको बताय। उपप्रमुख चौधरीले भने, ‘गाउँमा बुहारीको बच्चा हो भनेर देखाउन खोजे पनि स्थानीयले बालिकाले अवैध रुपमा शिशु जन्माएको थाहा पाएपछि घटना सार्वजनिक भएको हो ।

तर बालिकाले जन्म दिएको शिशु कसको हो भन्ने खुलेको छैन । स्थानीयबासिन्दाको दबाबपछि बालिकाका आमाबुवा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी दिएका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीकाअनुसार भारतको बरेलीका दयाराम गुप्ताको शिशु भएको दाबी गर्दै उनी विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ।

गुप्ता नातामा बालीकाको भिनाजु पर्छन् । वैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्धार गरिएको दाबी पनी गरिएको छ । प्रहरीले भारतीय नागरिकको शिशु भएको दाबी गरेको छ।

तरस्थानीयले भने वास्तविक दोषीलाई उन्मुक्ति दिन आर्थिक चलखेल गरिएको आरोप लगाएका छन। स्थानीयले बेलौरीकै एक जना शिक्षक, बैंकका म्यानेजर र एक अर्का स्थानीय व्यापारीको नाम पनि बालिकासँग जोडिएको र निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us