
काठमाण्डु,८ माघ– प्रमुख प्रतिपक्षी दल को हुने भन्ने अन्योलताकै बीच कांग्रेसले संसद् सचिवालयलाई पत्र पठाएको छ। संसद् सचिवालयका अनुसार, उसले प्रमुख विपक्षी दलको सेवा सुविधाबारे जिज्ञासा राख्दै पत्र पठाएको हो।
पत्रमा कांग्रेसले आफूलाई प्रमुख विपक्षी दल तोक्न माग भने गरेको छैन। बरु, सुविधाबारे जानकारी सोधेको छु, सचिवालयका एक अधिकारीले बताएका छन । कांग्रेसले गत पुस २९ गते सचिवालयलाई पत्र पठाएको थियो।
सचिवालयले कांग्रेसलाई माघ ५ गते नै जवाफ फर्काइसकेको छ। उहाँहरुले सुविधा बारे मात्रै जानकारी राख्नुभएको थियो, उनले भने, हामीले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ अनुसारको सुविधा पाइन्छ भनेर जवाफ पठाएका छौँ।