इन्दिरा राना मगर उपसभामुख निर्वाचित

काठमाण्डु टुडे २०७९ माघ ७ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, ७ माघ– इन्दिरा राना मगर उपसभामुख निर्वाचित भएकी छन् ।

प्रतिनिधिसभामा शनिबार भएको निर्वाचनमा स्वतन्त्र पार्टीकी उम्मेदवार राना मगर उपसभामुखमा निर्वाचित भएकी हुन् । राना मगरलाई सत्तारुढ गठबन्धनको समर्थन थियो । उनले १६६ मत प्राप्त गरिने । २ सय ६४ सांसद उपस्थित भएकामा ९७ सांसदले विपक्षमा मत दिएका थिए ।

राना मगरसँग काँग्रेस सांसद् मुक्ताकुमारी यादव पराजित भइन् । यादवलाई काँग्रेससहित एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र मदजुर किसान पार्टीका सांसदले सर्थन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us