
काठमाण्डु, ४ माघ – पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ललितपुरको सुमेरु अस्पतालमा उपचारत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न गएका छन् ।
अध्यक्ष नेपाल बुधबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न गएका हुन् । नेपालसहित पर्यटनमन्त्री सुदन किराती, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, अर्थमन्त्री विष्णु पौडेल लगायत मन्त्री पुनलाई भेट्न पुगेका हुन् ।
यस्तै बुधबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल पनि अस्पताल पुगेर पुनलाई भेटेका छन् ।