
काठमाण्डु,३ माघ– २३ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री समेत चार जना मन्त्री बनेका छन् ।
नेकपा (एमाले)बाट विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका हुन् ।
जसमा लिङ्देनको वरीयता उपप्रधानमन्त्रीको सबैभन्दा पुछार अर्थात चौथो नम्बरमा रहेका छ । पहिलो वरीयतामा पौडेल, दोस्रोमा श्रेष्ठ र तेस्रोमा लामिछाने रहेका छन ।