शिक्षा क्षेत्रका जानकार खनाल शिक्षामन्त्री बन्दै

काठमाण्डु टुडे २०७९ माघ ३ गते ८:५३ मा प्रकाशित

काठमाण्डु, ३ माघ– शिक्षा क्षेत्रका जानकार शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खनाललाई मन्त्री बनाउन लागेको हो ४ मंसिरको निर्वाचनमा खनाल काठमाण्डु–६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । सत्तारुढ दलहरुबीच उक्त मन्त्रालय रास्वपालाई दिने समझदारी यसअघि नै भइसकेको छ । खनाल ‘टिच फर नेपाल’ मार्फत शिक्षा क्षेत्रमा क्रियाशिल थिए ।

खनाल उक्त संस्थाका संस्थापक हुन् । रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । यस्तै रास्वपाले रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्दैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us