
काठमाण्डु,२७ पुस– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।
शर्मालाई कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को (२) बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ४० प्रदेश सभा सदस्य रहेको जना कर्णाली प्रदेश बहुमतका लागि २१ सिट आवश्यक पर्छ ।
४० सदस्यमध्ये २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । शर्मालाई माओवादी केन्द्रको १३, एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक जना सदस्यले समर्थन गरेका छन् ।