
काठमाण्डु,२७ पुस– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका छन ।
८७ प्रदेश सभामा सदस्य रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसद आवाश्यक पर्छ । गिरीले आज बुधबार ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका थिए ।
गिरीलाई नेकपा (एमाले)का २९, नेकपा (माओवादी केन्द्र)का १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन छ ।