
काठमाण्डु ,२७ पुस- नुवाकोटमा श्रीमतीमाथि बञ्चरो प्रहार गरी भागेका श्रीमान मृत अवस्थामा फेला परेका छन्।
नुवाकोट जिल्लाको ककनी गाउँपालिका २ चित्रेस्थित ३९ वर्षीय काले (माइला तामाङ)को शव फेला परेको हो। तामाङको शव नयाँ बस्तीस्थित चाउथे जाने भित्री सडकमा मंगलबारफेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दियको छ।
तामाङ सोमबार आफ्नी श्रीमतीको हत्या गर्ने प्रयास गरेका थिए। उनले सोमबार दिउँसो साढे ३ बजे तामाङले आफ्नी ३५ वर्षीया श्रीमती निरमाया तामाङसँग घरायसी झगडा हुदा निरमायाको टाउकोमा बञ्चरोले प्रहार गरी भागेका थिए। घाइते भएकी निरमायाको काठमाण्डुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
यता मृतक माइलाको शव पनि टिचिङ अस्पतालमै राखिएको छ। उनको पोष्टमर्टम गर्न बाँकी रहेको हुँदा मृत्युको कारण पनि त्यसपछि मात्रै थाहा हुने बतायको छ। श्रीमतीमाथि बञ्चरो प्रहार गरेकाले कसैले उनीमाथि कुटपिट गरेर हत्या गरेका हुन् कि भन्ने अनुमान रहेको प्रहरी कार्यालय नुवाकोटले जानकारी दियको छ।
हत्या गरेको आरोपमा दुई जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको थप अनुसधान भइरहेको छ।