सुदूरपश्चिम प्रदेशको सभामुखमाका लागि सत्ता गठबन्धको तर्फबाट माओवादी केन्द्रका भण्डारीले दिए उम्मेदवारी

काठमाण्डु टुडे २०७९ पुष २७ गते १४:४५ मा प्रकाशित

काठमाण्डु,२७ पुस– सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि नेकपा (माओवादी केन्द्र)ले भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर रहेका छन । नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको थियो ।

सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि (बिहीबार) मतदान हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us