लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लिला गिरीले गरे दावी पेश

काठमाण्डु टुडे २०७९ पुष २७ गते १४:२४ मा प्रकाशित

काठमाण्डु,२७ पुस– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गरेका छन् । एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गरेका छन ।

८७ सदस्यीय प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसद आवाश्य पर्छ । गिरीलाई एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ ।

गिरीलाई प्रदेश सभाका १० मध्ये ७ दल र २ स्वतन्त्र सांसदको समर्थन गरेका छन । प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us