
काठमाण्डु,२७ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सफलतालाई कम आक्न नहुने बताएका छन् ।
योङ कम्युनिस्ट लिग (वाइसिएल) ले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । प्रचण्डले धेरै खालका घेरा र प्रतिरोध तोडेर सफलता मिलेको पनि बताएका छन ।
उनले भने, ‘यतिबेला सरकार र पार्टी नेतृत्वलाई धेरै मद्यत चाहिएको छ । हामी प्रक्रियावादीका धेरै घेराबन्दीलाई चिरेर यहाँसम्म आइपुगेका हौ । यहाँ सजिलै आएको होइन’ ‘हिजो घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौ ।
अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाबाट यो सफलता पाएको हो । यो सफलता पार्टी, कार्यकता नेपाली जनता रहामीलाई सफलता मिलेको छ ।
यसलाई हामीले कम आक्न हुँदैन ।’ उनले युवाहरुको मागलाई सम्बोधन हुनेगरी आफूले काम गर्ने प्रचण्डले बताएका छन ।