
पाल्पा,२५ पुस– पाल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने ४ जना घाइते भएका छन । मूत्यु हुनेमा रम्भा गाउँपालिका –१, हुँगीका १७ वर्षका विशाल थापा रहेका छन ।
रम्भा गाउँपालिका–३ स्थित कालीगण्डकी कोरिडोर सडक खण्डमा आईतबार बेलुकी ७ बजे भएको दुर्घटनामा परि थापाको मृत्यु भएको हो ।
थापाको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन ।
रम्भाको पीपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चारजना घाइते र एक जनाको मूत्यु भएको प्रहरीले बताएको छ ।
घाइते हुनेमा ट्रयाक्टरमा सवार रहेका रामपुर–१, बस्ने २४ वर्षका दिलबहादुर घर्ती सोही स्थानका १६ वर्षका युवराज घर्ती, रम्भा–१, असर्दी बस्ने १८ वर्षका पूर्णबहादुर बोटे र १९ वर्षका विवेक थापा रहेका छन । दुर्घटनापछि ट्रयाक्टरका चालक फरार रहेको प्रहरीले बताएको छ ।