
काठमाण्डु,२५ पुस– प्रतिनिधिसभाको आज सोमबार बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी दिएको हो ।
दलको बैठकमा सांसदहरुले उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सल्लाह समेत दिएका थिए । बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा डा चन्दा कार्कीको नाम सिफारिस गरिएको सांसद सन्तोष परियारले जानकारी दिएका छन ।