रोकिएको टिपरमा दुई मोटरसाइकल ठोक्किए, दुईको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष २५ गते ९:१९ मा प्रकाशित

सप्तरी, २५ पुस– रोकिराखेको टिपरमा दुईवटा मोटरसाइकल ठोक्किएको छ ।

खडक नगरपालिका–११ हुलाकी सडक खण्डमा बिग्रिएर रोकिराखेको स१ख ९२८ नम्बरको टिपरमा बा८९प ३२१५ र प्रदेश१–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–११ बनौलीका २० वर्षीय बैजनाथ चौधरी र डाक्नेश्वरी नगरपालिका–१० का २२ वर्षीय रामाकान्त चौधरी छन् । दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us