बागमतीको मुख्यमन्त्री बन्ने भए जमकट्टेल

काठमाण्डु टुडे २०७९ पुष २५ गते ९:०७ मा प्रकाशित

काठमाण्डु, २५ पुस– नेकपा माओवादी केन्द्रका नेता शालीकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।

जमकट्टेल हाल बागमतीको आर्थिक मामिला तथा योजनामन्त्री छन् । डोरमणि पौडेल मुख्यमन्त्री हुँदा अघिल्लो सरकारमा उनी आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । जमकट्टेल माओवादी केन्द्रको प्रदेशसभा संसदीय दल नेतामा सर्वसम्मत चयन भइसकेका छन् ।

सत्तारुढ दलहरुबीचको भागबण्डामा माओवादी केन्द्रले मागमतीको मुख्यमन्त्री पाउने सहमति छ । दल नेताका रुपमा जमकट्टेललाई नै मुख्यमन्त्री बनाउने निर्णय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us