
काठमाण्डु,२४ पुस– संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सोधेर कुन पार्टी कुन बेञ्च ९सत्तापक्ष वा प्रतिपक्ष० मा बस्ने भनेर सोधेको छ ।
दलहरुले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिने भएको छ । संसद सचिवालयका अधिकारीहरुका अनुसार ‘ नेकपा एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’ भनेर जानकारी गराएका छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार बिहान मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेका थिए ।
भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सन्दर्भमा एकीकृत समाजवादी सकारात्मक रहेको बताउका थिए । तर, एकीकृत समाजवादीले संसद सचिवालयलाई भने आफूहरुलाई प्रतिपक्षी बेञ्चमा बस्ने बताएको छ ।
प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा सोमबार नै निर्णय हुने बताएका छन ।
उनले भने,, ‘हामी सत्तामा छैनौं त्यसकारण सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा हामी प्रतिपक्षमै बस्छौं ।’