नागरिक उन्मुक्ति पार्टी प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बस्ने

काठमाण्डु टुडे २०७९ पुष २४ गते १७:४८ मा प्रकाशित

काठमाण्डु,२४ ,पुस– नागरिक उन्मुक्ति पार्टी प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बस्ने भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बस्ने निर्णय भएको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन ।

उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा आफ्नो पार्टीले निर्णय गर्न बाँकी रहेको बताएकी छन ।

विश्वासको मत दिएको खण्डमा नागरिक उन्मुक्ति पार्टी सत्तापक्ष हुन्छ र प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको खण्डमा प्रतिपक्ष बस्ने उनले बताएकी छन ।

नाउपाले रेशम चौधरीको रिहाइलाई प्रमुख विषय बनाएको छ । यस विषयमा आउने प्रतिबद्धताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय हुने नाउपाका नेताहरुले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us