
काठमाण्डु,२४ ,पुस–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा (माओवादी केन्द्र)का अधयक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।
लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विश्वासको मतबारे निर्णय गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई दिएको हो । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन् ।
यस्तै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ ।