प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

काठमाण्डु टुडे २०७९ पुष २४ गते १७:१० मा प्रकाशित

काठमाण्डु,२४ पुस– प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् ।

प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तीका लागि समर्थन गरेका छन ।

अब प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नेछन् । मुख्यमन्त्रीको सपथ भने भोलि मात्र हुने प्रदेश प्रमुखको कार्यालयले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us