लगातार १५ औं पटकको निर्वाचनबाट अमेरिकाले पायो सभामुख

काठमाण्डु टुडे २०७९ पुष २४ गते १०:५४ मा प्रकाशित

काठमाण्डु,२४ पुस– लगातार १५ औं पटकको निर्वाचनबाट अमेरिकाको प्रतिनिधि सभाले सभामुख पाएको छ । अमेरिकाको तल्लो सदन ९हाउस अफ रेफ्रिजेन्टेटिभ्स०को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी निर्वाचित भएका छन।

यससँगै अमेरिकाको इतिहासमा १५० वर्षभन्दा बढी समययताको लामो गतिरोध पनि अन्त्य भएको छ । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकक्याथीलाई सभामुख चुनिनका लागि २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट थियो ।

रिपब्लिकन पार्टीभित्रका करिब २० चरम दक्षिणपन्थी नेताहरुले उनको विपक्षमा उभिंदा नतिजा आउन सकेको थिएन । तर अन्तिम समयमा ६ जना सांसद अडानबाट पछि हटेपछि म्याकक्याथी १५ औं पटकको प्रयासमा सभामुख बन्न सफल भएका छन।

म्याकक्याथी सभामुखमा निर्वाचित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडनले सभामुख म्याकक्याथीलाई बधाई दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us