प्रदेश १ मा एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्दै

काठमाण्डु टुडे २०७९ पुष २४ गते १०:४३ मा प्रकाशित

काठमाण्डु,२४ पुस– प्रदेश १ मा एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री हालका प्रदेश सांसद हिक्मतकुमार कार्की नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छन् ।

गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । कार्की हाल प्रदेश १ एमाले संसदीय दलका नेता हुन् ।

१ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समय सीमा आज साँझ ५ सकिदै छ ।

तोकिएकै समय सीमाभित्र दाबी पेश गर्ने गरी छलफलमा जुटिएको नेताहरुले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us