माओवादी केन्द्र र नेसपा बीच पार्टी एकताको तयारी

काठमाण्डु टुडे २०७९ पुष २३ गते १८:३८ मा प्रकाशित

काठमाण्डु ,२३ पुस- नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको तयारी भएको छ।

शनिबार प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरु सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको बतायको छ।

यो भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ । पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।

यता नेसपाले भने भोलि राजनीतिक समितिको बैठक बोलाएको छ । यो बैठकले पार्टी एकतासम्बन्धी वार्ताका लागि टोली बनाउने छ ।

पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा। बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us