देउवालाई ओलीको प्रश्न, ह्वेन विल यू कम ब्याक?

काठमाण्डु टुडे २०७९ पुष २३ गते १८:२८ मा प्रकाशित

काठमाण्डु ,२३ पुस- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबादुर देउवा लाई लाई सत्तामा कहिले आउने भन्दै प्रश्न गरेका छन्।

शनिबार आयोजीत एक कार्यक्रमा बोल्दै ओलीले कांग्रेसका सभापति शेरबादुर देउवा ले अहिलेको सरकारलाई असफल पार्ने प्रयास गरिरहेको आरोप लगाय। सोही क्रममा ओलीले देउवालाई सोधे ह्वेन विल यू कम ब्याक?

केहिदीन अघी कांग्रेस ले समसमायिक विषयमा पत्रकार सम्मेलन गरेको थियो। सोहि सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाशशरण महतले  ‘सभापति शेरबादुर देउवा ले केही बिचलित हुनुपर्ने नभयको र हामी फेरि सशक्त रूपमा अघि बढ्छौं भनेरै उहाँको हौसलापूर्ण कुरा रहेको बतायका थिय ।

यही कुरालाई लक्षित गरी ओलीले भने, ‘कांग्रेसका सभापति शेरबहादुर देउवाजीले वी विल कम ब्याक भन्नुभयो। बट ही डिडन्ट टक ह्वेन ९तर उहाँले कहिले भनेर भन्नुभएन। ह्वेन विल यू कम ब्याकरु  कहिले फर्किनुहुन्छ?

’ ओली ले अहिले कांग्रेसले खुद्रा खेल खेलेको आरोप लागाय।

पार्टीहरूमा बाँडिरहनुभएको छ प्रधानमन्त्री। एउटा पार्टीको अध्यक्षलाई बोलाएर प्रधानमन्त्री तिमी नै हौ भनेछन्,’ उनले भने, ‘यो संविधानको धारा ७६को (२) को सरकारले विश्वासको मत प्राप्त गरेन भने अर्को कुनै विकल्पमा जाँदै जाँदैन, स्वतह संविधानको धारा ७६ को (३)को सबैभन्दा ठूलो पार्टीको नेताले प्रधानमन्त्री पाउँछ।’

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस छ। यसरी विश्वासको मत नदिएर सत्तामा जाने प्रयास गरिरहेको उनले बताएका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us