काठमाण्डु महानगरले दियो तीन नमूना विद्यालयलाई ३० लाख रकम

काठमाण्डु टुडे २०७९ पुष २३ गते १७:०० मा प्रकाशित

काठमाणडु २३ पुस काठमाण्डु महानगरपालिकाले नगरपालिका भित्रका तीन नमूना विद्यालयलाई ३०/३० लाख रुपैयाँ उपलब्ध गराएको छ।

महानगरले चालु आवमा नमूना विद्यालयका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै महानगरले तीन वटा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो। घोषणा भएका तीन विद्यालयलाई महानगरले ३० लाखका दरले रकम उपलब्ध गराएको हो।

उक्त रकम महानगरपालिकाले भानु माध्यमिक विद्यालय, संस्कृत माध्यमिक विद्यालय र कन्या माध्यामिक विद्यालयलाई उपलब्ध गराएको हो। तीनवटै विद्यालयले उपलब्ध रकमबाट थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताय।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us