उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता

काठमाण्डु टुडे २०७९ पुष २३ गते १५:२८ मा प्रकाशित

एजेन्सी, २३ पुस -उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भयको छ ।

दुर्घटनामा अन्य छ जना बेपत्ता भएका छन् । करिब १०० जाना सवार उक्त डुङ्गा केब्बी राज्यको कोको–बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ दुर्घटना भएको हो ।

उक्त डुङ्गामा करिब १०० धान किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन् ।

साथै बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसा समेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us