कांग्रेस सभापति देउवाले गरे राप्रपा अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्रीसहित एक मुख्यमन्त्रीको अफर

काठमाण्डु टुडे २०७९ पुष २२ गते १७:३७ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको ७ दलीय सरकारलाई समर्थन जनाएको राप्रपालाई विश्वासको मत दिनुअघि देउवाले यस्तो प्रस्ताव गरेका हुन ।

राप्रपाका महामन्त्री भुवन पाठकका अनुसार प्रस्ताव आएपनि त्यस विषयमा कुनै निर्णय नभएको बताएका छन । उनका अनुसार अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्री र बागमती प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसबाट प्रस्ताव आएको छ ।

देउवाले निकटस्थमार्फत् राप्रपा अध्यक्ष लिङ्देनसमक्ष उक्त प्रस्ताव पठाएका हुन्। जसका विषयमा बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकमा समेत अनौपचारिक छलफल भएको थियो ।

नेकपा एमाले सहितको वर्तमान सत्ता गठबन्धनलाई सुरुवाती समर्थन दिएको राप्रपाले अझै सरकारमा जाने विषयमा निर्णय गरिसकेको छैन। सुरुमा बाहिरैबाट समर्थन गर्ने जनाएको राप्रपाले सांसदहरुको दबाबपछि सरकारमा जाने तयारी भने सुरु गरेको छ ।

बुधबार सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा अध्यक्ष लिङ्देनले उपप्रधानसहित ४ मन्त्रालय मागेका छन्। तर सत्ता गठबन्धनका दलहरु भने पर्यटन तथा संस्कृतिसहित ३ मन्त्रालय दिन तयार छन् भएका छन ।

अहिले सत्ता गठबन्धनबाहिर कांग्रेस ८८, एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टी ४ र राष्ट्रिय जनमोर्चा एक गरी १०३ सिट छ। सरकारमा नगएका तर समर्थन गरेका राप्रपा १४, जसपा १२ र नागरिक उन्मुक्ति पार्टी ४ गरी ३० सिट रहेको छ। यो सवैगरी १३३ सिट हुन्छ।

अर्को जनमत पार्टी समेत समेट्दा थप ६ सिट थपिनेछ। यस्तो अवस्थामा १३९ सहित कांग्रेस समिकरणको बहुमत पुग्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us