
काठमाण्डु,२२ पुस– वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको जिकिर गरेका छन ।
भण्डारीले लामिछाने नेपाली नागरिक नै नभएको जिकिर गरेका हुन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदा भण्डारीले लामिछाने गृहमन्त्रीमा रहिरहन नमिल्ने बताएका छन ।
अमेरिकाको नागरिकता लिएपछि लामिछाने नेपाली नागरिक नहुने र नागरिकता सम्बन्धी ऐन २०६३ को दफा १० (१) को अनुसार लामिछानले २०५० सालमा लिएको नागरिकता दुरुपयोग गरेको बताएका छन ।
निर्वाचन आयोगमा लामिछानेले पुनः नागरिकता नलिएको कुरा स्वीकारेको उल्लेख गर्दै भण्डारीले ऐनको दफा ११ को प्रक्रियामा नजाने छुट कसैलाई नभएको तर्क गरेका छन ।
उनले भाने,‘नागरिकता नलिइकन शासन सत्तामा जान पाइँदैन’ । नेपालमा फेमिलि भिसामा आएका रविले नेपाली नागरिकता लिने प्रक्रियासमेत पुरा नगरेकाले उनी गृहमन्त्रीमा रहिरहने नैतिक अधिकार नभएको भण्डारीले बताएकाच छन ।