प्रधानमन्त्री प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा छ: माधव नेपालले

काठमाण्डु टुडे २०७९ पुष २२ गते १६:०८ मा प्रकाशित

काठमाण्डु,२२ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको बताएका छन् ।

एकीकृत समाजवादीले केही निर्णय गरेको छैन । आज शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

तर विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने बताएका छन् । नेपालले भने, विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गर्छौं ।

१० पुसमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us