प्रचण्डलाई विश्वासको मत दिन्छौं: प्रदीप यादव

काठमाण्डु टुडे २०७९ पुष २२ गते १५:०० मा प्रकाशित

काठमाण्डु,२२ पुस– जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिँदैन कि भनेर कुनै शंका नगर्न आग्रह गरेका छन् ।

संसद भवनमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसित कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘हामीले प्रचण्डलाई समर्थन गर्र्छौँ भनेर राष्ट्रपति महोदयकोमा गएर लिखित रुपमा मत दिने भनेर हस्ताक्षर गरिसकेका छौं, मत दिन्छौं ।’

नेता यादव प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत हासिल गर्नेमा ढुक्क रहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us