१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ

काठमाण्डु टुडे २०७९ पुष २२ गते १३:१० मा प्रकाशित

काठमाण्डु,२२ पुस– दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् । उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यादवले ती बालिकालाई सोही नगरपालिका–९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us