उपप्रधानमन्त्री श्रेष्ठसँग अमेरिकी राजदूतको भेट

काठमाण्डु टुडे २०७९ पुष २२ गते १२:४५ मा प्रकाशित

काठमाण्डु,२२ पुस– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटवार्ता गरेका छन ।

भेटमा द्विपक्षीय हितका विषयमा र नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका बारेमा कुराकानी भएको बताइएको छ ।

भेटमा राजदूत थोम्पसनलाई श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिएका श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us