देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ पुष २२ गते १२:०७ मा प्रकाशित

काठमाण्डु,२२ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन । उनले कार्यमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने बताएका छन ।

सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको विद्यार्थी टोली प्रधानमन्त्री दाहाललाई बधाई दिन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

त्यस अवसरमा विद्यार्थीहरुले उनलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।

सो सङ्गठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us