अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालमा प्राध्यापन गर्ने

काठमाण्डु टुडे २०७९ पुष २२ गते ११:३१ मा प्रकाशित

काठमाण्डु,२२ पुस– अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स मा विश्व मामिला प्राध्यापकका रूपमा काम गर्ने भएकी छन् ।

द गार्जियनका अनुसार विश्वविद्यालयका अध्यक्ष ली बोलिङ्गरले क्लिन्टनको लागि नयाँ पदको घोषणा गरी सकेका छन । उनले फेब्रुअरी १ देखि आफ्नो नयाँ जिम्मेवारी बहन गर्ने भएकी छन ।

क्लिन्टनले विश्वविद्यालयमा जिम्मेवारी पाउँदा आफू सम्मानित महसुस भएको बताएकी छन । क्लिन्टन सन् २००९ देखि २०१३ सम्म बाराक ओबामाको कार्यकालमा विदेशमन्त्री थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us