पुटिनद्वारा ३६ घण्टाका लागि युक्रेनविरुद्धको युद्ध रोक्ने घोषणा

काठमाण्डु टुडे २०७९ पुष २२ गते ८:४० मा प्रकाशित

एजेन्सी–रूसले युक्रेनसँग युद्धबिराम घोषणा गरेको छ ।

क्रुकेनविरुद्ध युद्ध थालेको झण्डे एक वर्षपछि पहिलोपटक राष्ट्रपति राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धबिराम गर्न आफ्ना सेनालाई आदेश दिएका हुन् । अर्थोडक्स ईसाइहरुको पर्व क्रिसमसका अवसर पारेर पुटिनले युद्धबिराम घोषणा गरेका हुन् ।

युद्धबिराम शुक्रबारदेखि लागू भएर ३६ घण्टासम्म रहन्छ । यहुदी र अर्थोडक्स ईर्सा धर्मावलम्बीले जनवरी ७ मा क्रिसमस पर्व मनाउँदै आएका छन् । यसअघि अर्थोडक्स गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले क्रिसमसका अवसरमा युद्धबिराम घोषणा गर्न पुटिनलाई अपिल गरेका थिए । तर, युक्रेनले भने रुसी युद्धबिरामलाई अस्वीकार गरेको छ । रुसले आफ्ना फौजलाई व्यवस्थित गरी थप युद्धको तयारीका लागि युद्धबिराम गरेको प्रतिक्रिया युक्रेनले दिएको छ ।

युक्रेनी राष्ट्रपति राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी फौजलाई अघि बढ्नबाट रोक्न र आफ्ना फौजलाई अघि बढाउने रणनीतिअन्तर्गत मस्कोद्वाले युद्धविराम घोषणा गरेको बताएका छन् । एक भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी फौजलाई अगाडि बढ्नबाट रोक्ने तथा आफ्ना थप फौज एवं युद्ध उपकरण ल्याउने उद्देश्यका साथ पुटिनले युद्धविराम घोषणा गरेको बताए ।

राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरिएको आफ्नो भूमि छाडेर रूसी सेना फिर्ता नभएसम्म युद्धविराम गर्न नसकिने स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us